आठौँअन्तर्गत राष्ट्रिय खोखोको पुरुष तथा महिला दुवैमा आर्मी च्याम्पियन बनेको छ । बर्दियाको भुरीगाउँमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई १५–१४ ले पराजित ग¥यो । तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश २ ले प्रदेश ३ लाई ९–७ ले हरायो ।
महिलाको उपाधि भिडन्तमा आर्मीले प्रदेश ५ माथि ९–८ को कठिन जित दर्ता गऱ्यो । सुदूरपश्चिमले प्रदेश ३ लाई १२–९ ले पाखा लगाउँदै तेस्रो भयो । प्रतियोगिताको पुरुष, महिला दुवैमा सातै प्रदेश आर्मी र एपीएफ गरी ९–९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया