ह्यान्डबलमा गण्डकी र आर्मी च्याम्पियन

ह्यान्डबलमा गण्डकी र आर्मी च्याम्पियन


आठौँअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकी र महिलामा आर्मी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा एपीएफको टोली पराजित भएको थियो ।

नेपालगन्ज रंगशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित ग¥यो । गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे । एपीएफका लोकेन्द्र चन्द र सन्दीप कार्कीले १०–१० गोल गरे । आर्मीले प्रदेश ३ लाई ४२–२४ हराउँदै तेस्रो स्थानमा चित्त बुझायो ।

महिला फाइनलमा आर्मीले एपीएफलाई १७–१४ ले पाखा लगायो । आर्मीकी कविता राईले ८ गोल गरिन् । एपीएफबाट साधना बमले ४ गोल गरिन् । गण्डकीले प्रदेश १ लाई ७–५ गोलले पन्छाउँदै तेस्रो भयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेपका सदस्य राजेश गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष, महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफबाट समान ९–९ टिम सहभागी थिए ।