आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । वैशाख १० गते मंगलबार नेपालगञ्ज रंगशालामा भएको सेमिफाइनल खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनल यात्रा पक्का गरेको हो । पुलिसलाई जिताउन रवि पासवान र तेज तामाङले गोल गरेका थिए । एपीएफका आशिष लामाले भने एक गोल फर्काए ।
खेलको नवौँ मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । उनले डी–बक्सबाहिरबाट हानेको प्रहार दोस्रो बार हुँदै गोल भएको थियो । खेलको ३४औँ मिनेटमा पुलिसले अग्रतालाई दोब्बर बनायसँगै तेजको एकल प्रयासमा एपीएफका दुई डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल रहे । ७२औँ मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने कोसिस गरे पनि सफल हुन सकेन ।
पुलिसले उपाधिका लागि अर्को विभागीय टिम आर्मीसँग वैशाख ११ गते बुधबार प्रतिस्पर्धा गर्नेछ । आर्मी मंगलबार ५ नम्बर प्रदेशलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।
प्रतिक्रिया