महिला क्रिकेटमा एएफपीको उत्कृष्ट प्रदर्शन

महिला क्रिकेटमा एएफपीको उत्कृष्ट प्रदर्शन


वैशाख १० गते मंगलबार भएको महिला क्रिकेटको फाइनलमा विभागीय टिम एपीएफले स्वर्ण पदक जितेको छ । फाइनलमा एपीएफले प्रदेश १ लाई ८७ रनले पराजित गरेको होे ।

एपीएफले पहिलो ब्याटिङ गर्दै १ सय २९ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्न आएको प्रदेश १ ले ४१ रन मात्र जोडेको थियो । एपीएफको जितमा ज्योति पाण्डेले ४५ रन बनाइन् । प्रदेश १ को तर्फवाट रश्मी शर्माले २७ रन बनाएकी थिइन् ।

एपीएफलाई जित दिलाउन सीता रानामगरले ४१ रन बनाउँदा इन्दु बर्माले १२ र ममता चौधरीले ११ रनको योगदान दिएका थिए । प्रदेश १ की रुबिना क्षेत्री, सवनम राई, संगीता राईले ३–३ विकेट लिएका थिए ।