पुरुष भलिबलमा विभागीय टोली नेपाल पुलिस राष्ट्रिय च्याम्पियन बनेको छ । चैत ११ गते बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । पहिलो सेटमा २५–१८ ले विजयी भएको पुलिस खेलको दोस्रो सेट आर्मीसँग २५–२३ ले गुमाउन पुगेको थियो । त्यसपछि पुनः खेलमा फर्किएको पुलिसले लगातार दुई सेट जित्दै च्याम्पियन भएको हो ।
फाइनलअघि तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एपीएफले गण्डकीलाई ३–२ ले पराजित गर्दै तेस्रो भएको हो ।

त्यस्तै महिला भलिबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ । वैशाख ११ गते बुधबार भएको फाइनल खेलमा प्रदेश ३ लाई सोझो सेटमा हराउँदै एपीएफले उपाधिमाथि कव्जा जमाएको हो । नेपाल पुलिस क्लबले तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रतिक्रिया