नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओलम्पियन पौडीबाज गौरिका सिंहले १२ वटा स्वर्ण पदक जितेकी छिन् । १२ स्वर्ण पदक जित्दै उनले कीर्तिमान पनि बनाएकी छिन् ।
गौरिकाले प्रतियोगिताको पहिलो दिन दुई र दोस्रो दिन दुई स्वर्ण जितेकी थिइन् । यसैगरी प्रतियोगिताको तेस्रो दिन उनले चार स्वर्ण जितेकी जितिन् भने प्रतियोगिताको अन्तिम दिन अर्थात् बुधबार चार स्वर्ण जितेपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनको स्वर्ण संख्या १२ पुगेको हो ।
प्रतिक्रिया