पुरुष फुटबलमा आर्मीले माऱ्यो बाजी

पुरुष फुटबलमा आर्मीले माऱ्यो बाजी


त्रिभुवन आर्मी क्लबले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा स्वर्णपदक जितेको छ । वैशाख ११ गते बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो ।

नेपालगञ्ज रंगशालामा आर्मीलाई जित दिलाउन विकास तामाङले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ४५औं मिनेटमा विकासले निर्णायक गोल गरे । फाइनलमा पराजित हुँदा पुलिसले रजत चित्त बुझायो । एपीएफ क्लबले कांस्य पदक जितेको थियो ।