सहभागी सबैलाई पछार्दै आर्मीले हासिल गऱ्यो प्रथम स्थान

सहभागी सबैलाई पछार्दै आर्मीले हासिल गऱ्यो प्रथम स्थान


प्रदेश ५ का विभिन्न स्थानमा सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक पदक जित्दै नेपाल आर्मीले प्रथम स्थान हासिल गरेको छ ।

आठौँ राष्ट्रिय प्रतियोगितामा आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ काँश्य पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै, पदक तालिकामा दोश्रो स्थानमा रहेको नेपाल प्रहरीले ६२ स्वर्ण, ४९ रजत र ४६ कास्यपदक जितेको थियो भने तेश्रो स्थान सशस्त्र प्रहरी बलले हासिल गरेको छ । सशस्त्रले ५४ स्वर्ण, ६९ रजत र ८० कास्य जितेको थियो ।

पहिलो दोश्रो र तेस्रो स्थान विभागीय टोलीले प्राप्त गर्दा चौथो स्थान प्रदेश ३ ले हासिल गरेको छ । प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० काँश्य जितेको छ । त्यस्तै पाँचौं स्थानमा रहेको गण्डकी प्रदेशले १२ स्वर्ण २१ रजत र ४४ काँश्य र छैठौं स्थानमा रहेको प्रदेश ५ले ११ स्वर्ण २६ र ४८ काँश्य जितेका थिए । यी ६ टोलीले मात्र दोहोरो स्वर्ण पदक जित्न सफल भएका थिए ।

त्यस्तै ७ स्थान हासिल गरेको प्रदेश १ ले ९ स्वर्ण, २० रजत, ५९ काँश्य, ८ औं स्थान प्राप्त गरेको सुदुपश्चिमले ८ स्वर्ण, १२ रजत र ३४ कास्य, ९ औं स्थान हासिल गरेको प्रदेश २ ले ६ स्वर्ण, ७ रजत, २० कास्य प्राप्त गरेको थियो ।

पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको एनआरएनले नवौं स्थानमा रहँदै ६ स्वर्ण, २ रजत, ५ काँश्य र १० स्थान हासिल गरेर पदक तालिको पुछारमा रहेको कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कास्य पदक जितेको थियो ।

आठौं राष्ट्रिय खेलकुदमा टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गोल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्याष्टिक, सेपाकताक्रो, एथलेटिक्स, प्याराग्लाइडिङ, भारोत्तोलन, उसु, सुटिङ, कराते, तेक्वान्दो, खो खो, ह्यान्डबल, सफ्ट टेनिस, आईटीएफ तेक्वान्दो, बक्सिङ, पौडी, क्रिकेट, फुटबल र भलिबल समावेस गरिएको थियो ।

यस्तो छ आठौँ राष्ट्रिय खेलकुदको अन्तिम पदक तालिका–