आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएलगत्तै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थल निर्क्योल गरिएको छ । नवौँ खेल प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुने भएको छ ।
नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २०–२७ गते नवौँ राष्ट्रियको आयोजना हुनेछ । नवौँ राष्ट्रिय प्रतियोगितामा समावेस खेलहरू गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा आयोजना गरिने छन् ।
हालै नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशलाई दिने निर्णय गरेको हो । सोही निर्णयलाई कार्यन्वयन गर्दै आठौंको समापन समारोहमा गण्डकी प्रदेशका खेलकुद पदाधिकारीलाई ‘राष्ट्रिय खेलकुदको झण्डा’ हस्तान्तरण गरिएको थियो ।
पूर्वान्चलमा सम्पन्न सातौं राष्ट्रिय प्रतियोगितासँगै आठौंको आयोजनाको लागि गण्डकी प्रदेशले दाबी गरेको थियो । तर नवौंको आयोजना गण्डकीमा गरिने सहमति भएपछि आठौंको दाबी गण्डकीले छोडेको थियो । त्यसपछि प्रदेश ५ लाई आठौँ राष्ट्रियको जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया