नेपाल ट्राइयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य नीलेन्द्रराज श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसियाको सांस्कृतिक कमिटीको सदस्यमा चयन भएका छन् । दक्षिण एसियाली ट्राइयाथलन संघका अध्यक्षसमेत रहेका श्रेष्ठलाई चार वर्षीय कार्यकालका लागि उक्त समितिमा चयन गरिएको नेपाल ट्राइयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।
पूर्वएथलेटिक्स खेलाडी श्रेष्ठ हाल नेपालमा ट्राइयाथलन खेलको विकास र विस्तारमा लागेका छन । श्रेष्ठकै विशेष योगदानका कारण नेपालले अन्तर्राष्ट्रियस्तरमा पदक जितेको थियो । भारतको गुहावटीमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुदमा पहिलोपटकको सहभागितामा नै नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो ।
नेपाल दक्षिण एसियामा दक्षिण एसियाली ट्राइयाथलन आयोजना गर्ने पहिलो राष्ट्र हो । यसभन्दा अघि नेपालले लगातार ६ पटकसम्म प्रतियोगिताको सफलतापूर्वक आयोजना गरेको थियो । यही कुरालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ट्राइयाथलन युनियनले नेपाललाई यसपटक एसियन कपको आयोजना गर्ने अवसर प्रदान गरेको हो ।
प्रतिक्रिया