गिरिजाप्रसाद स्मृति करातेको उपाधि लैनचौरलाई

गिरिजाप्रसाद स्मृति करातेको उपाधि लैनचौरलाई


आयोजक नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरले छैटौँ राष्ट्रिय खुला गिरिजाप्रसाद कोइराला स्मृति कराते प्रतियोगिताको उपाधि जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा लैनचौरले पाँच स्वर्ण, पाँच रजत र आठ कांस्य पदक जित्यो । चार स्वर्ण, दुई रजत र दुई कांस्य साथ मनमहेश्वरी दोस्रो भयो । तेस्रो स्थानको ब्लेसले चार स्वर्ण र चार कांस्य जितेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य दावा गुरुङ, नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, नेपाल कराते महासंघका उपमहासचिव ओमकृष्ण प्रसाईंलगायतले पुरस्कृत गरेका थिए । यसअघि प्रतियोगिताअन्तर्गत भएको स्कुलतर्फ १० स्वर्ण, १२ रजत र २ कांस्य जित्दै न्यु लिरा टिम च्याम्पियन बनेको थियो ।