निर्णायक बन्दै गोर्खा आन्दोलन

निर्णायक बन्दै गोर्खा आन्दोलन


gurkhaGettyलण्डन । समान अधिकारको मुद्धा उठाएर निकै लामो समयदेखि आन्दोलित भूतपूर्व गोर्खाहरुले आफनो आन्दोलन अब निष्कर्षनजिक पुगेको दाबी गरेका छन् । बेलायती सेनामा कार्यरत गोर्खाहरुलाई पनि बेलायती सैनिक समानकै सेवा, सुविधा उपलब्ध गराइनुपर्ने लगायतका मागसहित विगत दुई दशकभन्दा बढी समयदेखि गरिरहेको आन्दोलन सफलता नजिक पुगेको उनीहरुले बताएका हुन ।
गोर्खाहरुले उठाएका मागहरुको विषयमा अध्ययन गर्न गठन गरिएको संसदीय समितिका प्रमुखलाई बुधबार लण्डनमा आफना मागहरुसम्बन्धी लिखित प्रतिवेदन बुझाएका गोर्खाहरुले अब छिट्टै आफनो पक्षमा निर्ण्ँय हुने विश्वास लिएका छन । संसदीय समितिका प्रमुख जेकी टोयललाई बेलायती संसद भवन क्षेत्रमा प्रतिवेदन बुझाउने क्रममा सयौंको संख्यामा भूतपूर्व गोर्खा र उनीहरुका परिवार भेला भएका थिए । त्यसक्रममा गैरआवासीय नेपाली संघ बेलायत लगायत अन्य दर्जर्नौ नेपाली संघ संस्थाका प्रतिनिधीहरु पनि गोर्खाहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन त्यहां पुगेका थिए ।
बेलायतमा सक्रिय नागरिक समाजका अगुवा, विद्यार्थी, पत्रकार लगायत अन्य पेशामा आवद्ध नेपालीहरुले गोर्खाहरुको आन्दोलनमा उपस्थित भएर ऐक्यबद्धता जनाएका थिए ।
गोर्खाहरुको आन्दोलनलाई थप प्रभावकारी बनाउन भन्दै पछिल्लो समय गठन गरिएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका तर्फबाट बुझाइएको प्रतिवेदनमा गोर्खाहरुका मागहरुको न्यायपूर्ण्ँ छानबिनका लागि आग्रह गरिएको छ । यसअघि संसदीय समितिले आव्हान गरेबमोजिम गोर्खाहरुमाथि भएको भनिएका ऐतिहासिक अन्यायका प्रमाणहरु पनि प्रतिवेदनमा समावेश छन । संसदीय समितिले सो प्रतिवेदनसहित अन्य क्षेत्रबाट समेत संकलन गरिएका प्रमाणहरुको अध्ययन गरी अबको केही महिनाभित्रमै एक प्रतिवेदन बुझाउने छ । आन्दोलनरत गोर्खाहरुले आउंदो समर भित्रमै समितिको प्रतिवेदन आउने र प्रतिवेदनले सिफारिस गरेबमोजिम गोर्खा आन्दोलनमा उठेका मागहरुको बारेमा सरकारले निर्णय गर्ने बताएका छन ।
समान मागसहित आन्दोलनमा उत्रिएका भएपनि भूतपूर्व गोर्खाहरु आफैमा भने विभाजित छन । झण्डै आधा दर्जन छुट्छुट्टै संगठनहरुमा विभाजित गोर्खाहरुको आन्दोलनलाई एक गरी शसक्त बनाउन भन्दै सत्याग्रह संयुक्त संघर्षसमिति बनाइएको थियो । तर गोर्खाहरुको सबैभन्दा पुरानो संगठन गेसो भने अझै पनि अन्य संगठनहरु सम्मिलित संयुक्त समितिमा सामेल भएको छैन ।
विभिन्न समूहमा विभाजित आन्दोलन निर्श्कर्षमा पुग्न नसक्ने भन्दै यसअघि एनआरएन यूकेले पनि सबै गोर्खा संगठनहरुलाई एक ठाउंमा भेला गरी एकताको पहल गरेको थियो । तर त्यसक्रममा पनि अन्य संगठनसंग असन्तुष्ट गेसो सहभागी भएको थिएन ।
बेलायती सैनिक सरहकै पेन्सन तथा सेवा सुविधा, अठार वर्ष नाघेका गोर्खाहरुका छोराछोरीलाई पनि बेलायतमा आवासीय अधिकार, अनिवार्य अवकाशमा पठाइएका र पेन्सन उपलब्ध नगराइएका भूतपूर्व गोर्खाहरुलाई क्षतिपूर्ति लगायतका माग अघि सारेर गोर्खाहरु आन्दोलनमा छन् ।
एजेन्सी