युवा क्रिकेट टिमले पुनः बाजी माऱ्यो

युवा क्रिकेट टिमले पुनः बाजी माऱ्यो


थाइल्यान्डमा सम्पन्न एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जित्दै नेपाल च्याम्पियन बनेको छ । नेपालले उक्त प्रतियोगितामा अपराजित रहँदै उपाधिमाथि कब्जा जमाएको थियो । यो प्रतियोगिताको नेपाल साबिक विजेता पनि हो ।

विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्वर तिम्सिना र राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाल च्याम्पियन भएर उपाधि रक्षा गर्न सफल भएपछि युवा टिमका कप्तान विशालविक्रम केसीले सबै साथीहरूले उत्कृष्ट प्रदर्शन गरेका कारण प्रतियोगितामा सफलता हासिल गरेको बताए ।