राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई


पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । बैशाख १७ गते मंगलवार भएको फाईनल खेलमा एपीएफले आर्मीमाथि ३–० को सोझो सेटमा हराउदै लगातार पाँचौ पटक च्याम्पियान बनेको हो । एपीएफले आर्मीलाई २५–१४,२९–९ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो ।

एपीएफको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेकी सरस्वती चौधरीले स्पाईकमार्फत २७ अंक, ब्लकमा ८ र सर्भिसबाट १ अंकको योगदान दिएकि थिइन् । फाईनल खेलकी वुमन अफ दि म्याच चुनिएकी नेभिका चौधरीले स्पाईकमा २३ अंक जोड्दा ब्लकमा ६ र सर्भिसबाट १ अंकको योगदान पुर्याएकि थिइन् । एपिएफकै हिरा केसीले टिमका लागि स्पाईक र ब्लकबाट ९÷९ अंक जोडिन् । उपबिजेत बनेको आर्मीकी निरुता ढंगुन्ना १३ अंक, सुनिता खड्काले १२ अंक तथा सोफिया पुनले ९ अंकको योगदान दिएका थिए ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी जापान (कन्साई निरोल्यक पेन्ट) ले मुख्य प्रायोजकमा संचालित प्रतियोगिताको तेश्रो स्थान होङगान्जी न्यृडायमण्डले जितेको छ । न्युडायमण्डले नेपाल पुलिसलाई २५–२२, २५–१८ र २५–२२ को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिताका बिजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिमिल्सिना, मुख्य प्रायोजक केएनपीका नेपाल प्रमुख मनोजकुमार मिश्र, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कृत गरेका थिए । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन गरेको मुक्तिनाथ विकास बैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले नगद २ लाखको चेक बिजेता टिम एपीएफलाई हस्तान्तरण गरेका थिए ।

बैंकिङ पर्टनर एनआईसी एशिया बैंकककाले दोश्रो हुने टिमले प्राप्त गर्ने रकम १ लाख वरावरको चेक उपलब्ध गराएको थियो । मार्वल टेक्नोप्लास्ट प्रालीले तेश्रो हुने टिमका लागि नगद ५० हजार उपलब्ध गराएको थियो । मार्वल टेक्नोप्लास्ट प्रालीले तेश्रो नगद पुरस्कार, वुमन अफ द म्याचको ५० हजार तथा टेक्निकल टिमले प्राप्त गर्ने रकम १ लाख गरि २ लाखको सह प्रायोजक गरेको थियो । दरवार मार्ग स्थित द रिगल ईकले प्रथम हुने एपीएफ टिमका सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस उपलब्ध गराएको थिए ।

त्यस्तै सुलक्स सेन्टरकाबाट ४० हजार वरावरको २ थान टि सट घडी प्रतियोगिताकी उत्कृष्ट खेलाडी सरस्वती चौधरी तथा शेरवहादुर खड्का स्पेशल अवार्डबाट पुरस्कृत आर्मीकी निरुता ढगुन्नालाई प्रदान गरेका थिए । साथै उत्कृष्ट खेलाडी चौधरी, स्पेशल अवार्ड बिजेता खेलाडीद्धयलाई रामेछाप उमाकुन्ड प्रिती निवासी सम्वरवहादुर तामाङले जनहि नगद १५ हजार प्रदान गरेका थिए ।

प्रतियोगिताका बिद्यागत बिजेता खेलाडी तथा प्रशिक्षकलाई जनहि नगद ७ हजार ग्रीनल्याण्ड सेन्टरका ले उपलब्ध गरेको थिए । बिद्यागततर्फ उत्कृष्ट स्पाईकरमा न्युडायमण्डकी प्रतिभा माली,उत्कृष्ट ब्लकरमा एपीएपकी हिरा केसी, उत्कृष्ट सेटरमा एपीएफकै बिनिता बुढाथोकी,उत्कृष्ट डिफेन्समा एपीएफकी मनिषा तामाङ, उत्कृष्ट सर्भरमा आर्मीकी सोफिया पुन चुनिए । उत्कृष्ट प्रशिक्षकको उपाधि एपीएफका कोचले पाए । बैशाख १४ गते प्रतियोगिताको पूर्व प्रधान मन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।