नेपाल योङमुदो संघको आयोजनामा ‘जुनियर नेशनल योङमुदो च्याम्पियनसिप’ वैशाख १८ गते बुधवार सम्पन्न भएको छ । उक्त एक दिने प्रतियोगिताको उद्घाटन च्याम्पियनसिपका प्रमुख अतिथि चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी गरेका थिए । प्रतियोगिताको उद्घाटन मेयर गिरीले हरियो विरुवामा पानी हालेर गरेका थिए ।
जुुनियर नेशनल योङमुदो च्याम्पियनसिपमा उपत्यकाका दस विद्यालयका खेलाडीले प्रतिस्पर्धा गरेको संघका अध्यक्ष तथा ब्राइटर फ्युचर स्कुलका डाइरेक्टर मोहन कार्कीले जानकारी गराए । पहिलो पटक जुनियर प्रतियोगिताको आयोजना हुँदा खेलाडीहको उत्साहजनक सहभागिता रहेको बताउँदै अध्यक्ष कार्कीले भविष्यमा राजधानी वाहिरका विद्यालयलाई पनि सहभागिता गराएर प्रतियोगिताको आयोजना गरिने जानकारी गराए ।
नेपालको परिप्रेक्षमा योङमुदो खेल नौंलो खेल भएपनि यो विशुद्ध मार्शल आर्ट्स खेल हो भन्दै दक्षिण कोरियामा यो खेल निकै लोकप्रिय खेल भएको वताए । तेक्वान्दो र जुडो खेलको मिश्रणवाट खेलाइने योङमुदो खेल आत्मरक्षाको लागि सवैभन्दा उत्कृष्ट खेल भएको कार्कीले बताए ।

कार्यक्रममा बोल्दै चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले मुलुकलाई विश्वमा चिनाउन खेलकुद सवैभन्दा उत्कृष्ट माध्यम भएको बताउँदै योङमुदो खेलका खेलाडीले पनि भविष्यमा नेपालको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन सफल हुने बताए ।
सो कार्यक्रममा ब्राइटर फ्युचर प्रिन्सिपल दयाराम थापा, संघका उपाध्यक्ष जनान्र्दन ढुङ्गेल, राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्की लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्यको सट्टा स्वागत नृत्य गरेर अतिथिहरुको स्वागत गरिएको थियो ।
प्रतिक्रिया