नेपाल आइस आन फुटसल सोमबारदेखि

नेपाल आइस आन फुटसल सोमबारदेखि


नेपाल विज्ञापन संघ आनको आयोजनामा वैशाख २३ गते सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चारगृह र विज्ञापन एजेन्सीका गरी ३२ टिमले सहभागिता जनाउँदै छन् ।

सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको बिहीबार ‘टाई सिट’ पनि ‘ड्र’ गरिएको छ । ३२ टिमलाई ८ समूहमा विभाजन गर्दा प्रत्येक समूहमा ४–४ टिम रहेका छन् ।

समूह ‘ए’मा हिच हाइकर ट्राभल्स, सगरमाथा टीभी, सफ्ट नेट र सर्वोत्तम सिमेन्ट रहेका छन् । समूह ‘बी’मा भोग इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् । समूह ‘सी’मा जनता टीभी, गोरखापत्र दैनिक, एबीसी टिभी र शिलापत्र डटकम रहेका छन् । त्यसैगरी समूह ‘डी’मा मेडिसिटी अस्पताल, अभानि, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया रहेका छन् ।

समूह ‘ई’ मा न्यूज–२४, बिजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ«े बैंक रहेका छन् । समूह ‘एफ’मा मिडिया बास्केट, पिक्सन इन्जिनियरिङ, फ्युचर हब र सुश्री मिडिया रहेका छन् । समूह ‘जी’मा कान्तिपुर मिडया ग्रुप, नयाँ पत्रिका, प्रिज्मार्क र क्यूएफएक्स सिनेमा रहेका छन् । समूह ‘एच’मा कि एडभरटाइजिङ, मार्स प्रालि, एडी रिलिज र मिडिया हब रहेका छन् ।

वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’ले जानकारी दिए । १० लाख बजेटको यस प्रतियोगिताका लागि करिब ६ लाख खर्च हुने र बाँकी बचत आनको कोषमा जम्मा गर्ने पनि अध्यक्ष शशीको भनाइ थियो ।

प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजना गर्दा हस्पिटल पार्टनरको रूपमा मेडिसिटी अस्पताल रहेको छ । यसैगरी प्रतियोगिताको प्राविधिक पक्षको व्यवस्थापन आइडिया एडभरटाइजिङ एण्ड मार्केटिङले गरेको छ । कार्यक्रममा प्रायोजक संस्था चौधरी ग्रुपका वरिष्ठ महाप्रवन्धक प्रदीप पुडासैनीले सामाजिक उत्तरदायित्व वहन गर्ने अभियानअन्तर्गत आनलाई सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा चौधरी ग्रुपको सधैँ साथ रहने पनि प्रतिबद्धता जनाए ।