इलिमिनेटर राउण्डको पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरवादलाई पराजित गरेको छ । आईपीएल क्रिकेटको १२औँ संस्करणमा दिल्लीसँग पराजित भएपछि सनराइर्ज उपाधि भीडन्तबाट बाहिरिएको छ ।
विशाखापटनममा पहिलो व्याटिङ गर्दै सनराइजर्सले २० ओभरमा १ सय ६२ रन बनाएको थियो । १ सय ६३ रनको विजय लक्ष्य पाएको दिल्लीले ८ विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गरेको थियो । दिल्लीले टस जित्दै पहिले बलिङ रोजेको थियो ।
अन्तिम १ बल बाँकी रहँदा विजय हासिल गरेको दिल्ली यो विजयसंगै क्वालिफायरमा प्रबेश गरेको छ । अब दिल्लीले फाईनल प्रवेशका लागि चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । दिल्लीका लागि ओपनर पृथ्वी शाले ५६ रन, ऋषभ पन्तले ४९, शिखर धवनले १७, कोलिन मुनरोले १४, श्रेयश लेयरले ८ रन बनाएका थिए ।
प्रतिक्रिया