विश्वकप क्रिकेटको प्रमुख दाबेदारमा इंग्ल्यान्ड, भारत र अस्ट्रेलिया : कपिलदेव

विश्वकप क्रिकेटको प्रमुख दाबेदारमा इंग्ल्यान्ड, भारत र अस्ट्रेलिया : कपिलदेव


३० मे २०१९ अर्थात् जेठ १६ गतेदेखि इंग्ल्यान्ड र वेल्समा आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै छ । उक्त प्रतियोगिताको प्रमुख दाबेदारको रूपमा आयोजक इंग्ल्यान्ड, भारत र अस्ट्रेलियालाई हेरिएको छ ।

भारतीय क्रिकेट टिममा पूर्वकप्तान तथा भारतलाई पहिलोपटक विश्वकप दिलाउने कपिलदेवले पनि इंग्ल्यान्ड, भारत र अस्ट्रेलियालाई नै विश्वकप प्रमुख दाबेदार भएको बयान दिएका छन् । त्यस्तै कपिलदेवले चौथो दाबेदार टिमको रूपमा न्युजिल्यान्डलाई चुनेका छन् । यसैगरी पाकिस्तान, दक्षिण अफ्रिका र वेस्टइन्डिज राम्रो टिम भए पनि शीर्ष तीन टिमभन्दा कमजोर भएको बताए ।

त्यस्तै कपिलदेवले भारतको युवा टिमलाई विश्वकप क्रिकेटको प्रमुख दाबेदार बताएका छन् । भारतीय निकै सन्तुलित भएको प्रस्ट पार्दै महेन्द्रसिंह धोनीको अनुभव र विराट कोहली, रोहित शर्मा र शिखर धवनको उत्कृष्ट ब्याटिङले विश्वकपमा निकै प्रभाव पार्ने कपिलले बताए । त्यस्तै भारतसमक्ष चार तीव्र गतिको बलर भएको र उनीहरूले पनि इंग्ल्यान्डमा राम्रो प्रदर्शन गर्ने बताए ।