खोटाङमा दुई घर जले

खोटाङमा दुई घर जले


आगलागीमा दुई घर जल्दा खोटाङमा साढे नौ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको छ । आइतबार ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घरमा आगलागी हुँदा सुवासको ६ लाख ८५ हजार र नरबहादुरको दुई लाख ६९ हजारबराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए ।

नरबहादुरको घरबाट आगो सल्के पनि त्यसको कारण खुल्न नसकेको र आगलागीमा परी घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएकाले दुई दलित परिवारको बिचल्ली भएको छ । आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । पीडित परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् ।