प्रहरी प्रवक्तामा डीआईजी पोखरेल नियुक्त

प्रहरी प्रवक्तामा डीआईजी पोखरेल नियुक्त


नेपाल प्रहरीको प्रवक्तामा डीआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् ।

पोखरेल केही दिनअघि मात्र डीआईजीमा बढुवा भएका थिए ।

यसअघिका नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदी काठमाडौं प्रहरी प्रमुख भएर गएपछि उनको ठाउँमा पोखरेल चयन भएका हुन्

नेपाल प्रहरीको प्रवक्तामा यसअघि एसएसपी रहँदै आएकोमा यसपटकदेखि डीआईजी नेपाल प्रहरीको प्रवक्ता भएका हुन् ।