कौस्तुभ एकेडेमीको आयोजनामा दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता जेठ ९ गते बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ४६ ब्वाइज टिमको सहभागिता रहने कौस्तुभका प्रिन्सिपल किरणप्रकाश न्यौपानेले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार हात पार्नेछन् ।
जेठ २५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू पेप्सिकोलास्थित टाउन प्लानिङको फुटबल मैदानमा हुनेछ । पहिलो संस्करणको उपाधि कस्मिकले जितेको थियो ।
प्रतिक्रिया