फुटबलको सर्वोच्च निकाय फिफाले सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ राष्ट्रको मात्र सहभागिता रहने जानकारी गराएको छ । हालै फिफाका अध्यक्ष जियानी इफान्टिनोको अध्यक्षतामा बसेको वैठकले उक्त निर्णय गरेको हो ।
यस भन्दाअघि कतारमा संचालन हुन गैरहेको फिफा विश्वकपको २२ औं संस्करणमा ४८ राष्ट्रको सहभागिता गराउने फिफाले प्रयास गरेको थियो । तर कतारमा लागेको नाकाबन्दी र तयारीको कारण देखाउँदै फिफाले कतार विश्वकपमा ३२ राष्ट्रलाई मात्र सहभागिता गराउने निर्णय गरेको हो ।
कतार विश्वकपमा सहभागि राष्ट्रको संख्या बढाउने कुरामा फिफा सकारात्मक रहेको थियो । तर कतारमा लागेको नाकावन्दीले फिफाले प्रयास छोडेको हो ।
यसअघि फिफाले सन् २०२६ आयोजना हुने विश्वकपमा ४८ देशलाई सहभागिता गराउने निर्णय गरिसकेको छ । आगामी २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछ ।
प्रतिक्रिया