थाइल्यान्डका पूर्वप्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार सय वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बैंककमा रहेको फ्रा मोंकुत्क्लाओ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको जनाइएको छ ।
उनी गत सन् २०१६ मा तत्कालीन राजा महाभाजिरालङकर्नको निधनपछि शाही सल्लाहकार परिषद्को अध्यक्षका हैसियतले नयाँ राजा चयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
पूर्वप्रधानमन्त्री प्रेमको सन् १९२० को अगस्त २६ तारिखका दिन जन्म भएको थियो । उनी सोङख्ला प्रान्तका स्थानीय बासिन्दा भए पनि सिसाओमा लामो समय बिताएका थिए । थाइल्यान्डको पूर्वसेनापतिसमेत रहेका प्रेम सन् १९८० देखि १९८८ सम्म त्यहाँको प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया