आजको पञ्चाङ्ग एवम् राशिफल (८ असार २०८३ सोमबार, २२ जुन २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ असार २०८३ सोमबार, २२ जुन २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ ८ गते तद्अनुसार सन् २०२६ जुन २२ सोमवार शुद्ध ज्येष्ठ शुक्ल पक्षको अष्टमी तिथि उत्तरा फाल्गुनी नक्षत्र व्यतिपात योग भद्रा करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, भूमिराज, वायु अष्टमी ।

आजको राशिफल

मेष – मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ला । अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । खर्च केही बढ्ने देखिन्छ । योजना र बजेट बनाएर मात्र व्यवहार गर्नुहोला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने दिन छ । शत्रु र रोगबाट छुटकारा मिल्ने देखिन्छ । रोकिएका काम मातृसहयोगको माध्यमबाट बनाउन सकिनेछ । जथाभावी आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, वशेष सावधानीको खाँचो छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिथुन – दिन उत्साहपूर्ण रहनेछ । स्रोत–साधन जुट्नाले दिगो फाइदा हुनेछ भने सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । साझेदारीको काम बन्नेछ । शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ ।

कर्कट – कर्मबल वृद्धिका साथै साथीभाइको सहयोग प्राप्त हुने समय छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा भने विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्राको सम्भावना छ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्नेतर्फ आज विशेष सजगताको दरकार छ ।

सिंह – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुन सक्छ, तर इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने देखिन्छ । नियमित कार्यमा भने ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । सन्तान पक्षबाट सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – आजको दिन अलिक बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुने देखिन्छ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । यात्रामा सफलता मिल्नेछ ।

तुला – नयाँ योजना कार्यान्वयनमा ल्याउन विशेष मेहनत गर्नुपरे पनि राम्रै धन आर्जन गर्ने समय छ । साथीभाइको साथले पराक्रम बढ्नेछ । आरोग्यबल वृद्धि होला । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । मिठो भोजन प्राप्त हुनेछ । यश–वर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – ब्यस्तता तथा दौडधुप बढ्ने तर उपलब्धि सामान्य रहने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुन सक्छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नाले परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । कृषि कर्मबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा पनि समस्या आउने योग छ । जोखिम बढ्नेछ । यसका बाबजुद बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तजनको साथले उसाह बढ्नेछ ।

धनु – आरोग्यबल बढ्नेछ भने आयआर्जनका स्रोत अभिवृद्धि होला । व्यापारमा पनि राम्रै फाइदा हुनेछ र विभिन्न भौतिक साधनहरू जुट्नाले प्रशन्नता मिल्नेछ । तथापि, आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनुहोला । कृषि तथा पशुपालनमा विशेष फाइदा हुनेछ ।

मकर – दीगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ, तर रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – शुभचिन्तकहरूले साथ दिनाले विभिन्न अवसर पाइने र आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने देखिन्छ । बौद्धिक कार्यबाट राम्रै धनलाभ होला । आजको दिन अरूको फाइदाका लागि उपयोग भइने सम्भावना पनि छ । काम बिग्रने डरले सताउन सक्छ, आत्मविश्वास कायम राखी व्यवहार गर्नुहोला ।

मीन – अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । प्रतिष्ठित कामले कीर्तिमानी दिलाउने सम्भावना छ । तर, सहयोगीहरूको मात्र भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।