बर्दियाबाट भारततर्फ लागुऔषध अफिम तस्करी गर्न लागेको अवस्थामा दुई महिला पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज शाखाबाट खटिएको प्रहरी टोलीले बर्दियाको बाँसगढी-३ बाट दुई महिलालाई १५.३४ किलो अफिमसहित नियन्त्रणमा लिएको हो ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एस्पी दुर्गाराज रेग्मीका अनुसार बर्दिया बढैयाताल-४ की ३० वर्षीया सन्ध्या घर्ती मगर र बर्दिया बाँसगढी-३ की ४२ वर्षीया मीना रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट दुई वटा मोबाइल फोन र ३४ हजार नगद पनि बरामद गरिएको जनाइएको छ ।
प्रतिक्रिया