पेरूमा शक्तिशाली भूकम्प गएको छ । आइतबार पेरूको उत्तर–मध्य क्षेत्र केन्द्रबिन्दु भएर ८ रेक्टर स्केलको भूकम्प गएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्प स्थानीय समयअनुसार आइतबार बिहान तीन बजेतिर गएको हो । भूकम्पको गहिराइ ११४ किलोमिटर रहेको जनाइएको छ । भूकम्पका कारण भएको क्षतिको विवरण प्राप्त हुन नसकेको समाचारहरूमा जनाइएको छ ।
प्रतिक्रिया