प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को पश्चिमी क्षेत्रमा गत शनिबार राति डुबेको एक डुङ्गामा यात्रारत करिव २०० जना वेपत्ता भएको त्यहाँका सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुद्वारा आइतबार दिइएको विवरणअनुसार घटनामा दर्जनौँ नागरिकलाई सकुशल उद्धार गरिएको थियो भने यात्रुहरूको ठूलो सङ्ख्या सम्पर्कबाहिर रहेको बताइएको छ ।
कङ्गो सरकारको तर्फबाट घटना र घटनामा ज्यान गुमाएका र वेपत्ता भएका पीडितबारे औपचारिक पुष्टि भने भइनसकेको सिन्ह्वाले जनाएको छ ।
घटनास्थलनजिकै रहेको नौसेनाको एक स्रोतले अत्यधिक बढी यात्रु लिएर हिँडेको डुङ्गामा भारबहन क्षमताभन्दा बढी यात्रु राखिएकोले दुर्घटना भएको बताएको छ । डुङ्गामा लाइफ ज्याकेट नहुनुले धेरै क्षति हुनपुगेकोे बताइन्छ ।
प्रतिक्रिया