मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान जेठ १३ गते सोमबारदेखि सञ्चालनमा आएको छ । तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल प्रहरी र कर्णाली प्रदेशबीचको खेलसंगै मैदान सञ्चालनमा आएको हो ।
खेल सुरुआत गराउने क्रममा प्रदेश सांसद मणिराम फुयाँलले म्याच कमिसनरलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष तथा क्रिकेटका संयोजक शैलेश कर्माचार्यको उपस्थिति थियो ।
प्रतिक्रिया