नाइजेरिया आक्रमणमा २३ को मृत्यु

नाइजेरिया आक्रमणमा २३ को मृत्यु


नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मंगलबार भएको आक्रमणमा २३ जना स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद सेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुंगा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टि गरे । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरूमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् ।

प्रवक्ता सेहुले प्रभावित क्षेत्रमा प्रहरीको नियमित गस्ती बढाइएको र सेनाले हवाई गस्ती थालेको जानकारी दिए । गाउँलेको हत्या हुनुको ठोस कारण अझै खुलेको छैन । आक्रमणबारे नाइजेरियामा सक्रिय कुनै पनि समूहले जिम्मेवारी पनि लिएका छैनन् ।

जाम्फारा र कडुना राज्यमा जारी हत्याहिंसाले स्थानीय जनतामा त्रास फैलिएको छ । कतिपय अवस्थामा हतियारधारी समूहले किसानले पालेका गाईवस्तु लुट्ने गरेका छन् ।