बेलाबेलामा रहस्यमयी किसिमले पृथ्वीमा आएर अनेक रहस्य र जिज्ञासा जगाउँदै र्फकने गरेको बाहिरी ग्रहका प्राणीसँग अबको २० वर्ष अर्थात् सन् २०३१ सम्ममा सीधा मुठभेड हुने सम्भावना तीव्र रहेको रुसी वैज्ञानिकहरूले हालै व्यक्त गरेका छन् । रुसी विज्ञान एकेडेमीअन्तर्गतको अन्तरिक्ष संस्थानका एक शीर्ष वैज्ञानिकलाई उद्धृत गर्दै इन्टरफैक्स (रुसी संवाद समिति) ले जनाएअनुसार पृथ्वीबाहिर अन्य ग्रहमा पनि निश्चित रूपमा जीवन छ र आगामी दुई दशकसम्ममा ती प्राणीसँग आमनेसामने हुने सम्भावना विविध कारणले अत्यन्त बढेर गएको छ । उल्लेखित प्रसिद्ध अन्तरिक्ष वैज्ञानिक एन्डी फिङ्केलस्तिनको भनाइमा बाहिरी सूर्यमण्डलमा आ-आफ्ना सूर्यलाई परिक्रमा गर्ने ज्ञात ग्रहहरूमध्ये १० प्रतिशत ग्रह पृथ्वीजस्तै छन् । यदि ती ग्रहमा पानी छ भने त त्यहाँ जीवन नहुने कुरै भएन । वैज्ञानिक एण्डी त यहाँसम्म विश्वस्त छन् कि बाहिरी ग्रहका प्राणीको पनि पृथ्वीका मानिसकै जस्तो दुई हात, दुई खुट्टा र एउटा टाउको छ । तिनका छालाको रङ्गचाहिँ फरक हुनसक्ने उनको तर्क छ । बाहिरी दुनियाँका प्राणीबारे अनुसन्धानमा जोडतोडले जुटेका उनी आफू अनुमान गरेको अवधिभित्र धेरै जानकारी हासिल हुनेमा विश्वस्त छन् ।
शरीर सम्बन्धमा बेग्लै दाबी
यदि तपाईं जीवनमा मोटोपनको सिकार हुन चाहनुहुन्न भने हरदम यो ख्याल राख्नु आवश्यक छ कि एकपटक पनि मोटाइसकेपछि पूर्ववत फिगर पाउने इच्छा जति नै कोसिस गरे पनि निर्रथक हुन जान्छ । यो निष्कर्ष हो बेलायती शोधकर्ताहरूको । ५५ वर्ष लगाएर करिब २५ हजार व्यक्तिमाथि गरिएको अनुसन्धानबाट यो पुष्टि भएको बेलायती मेडिकल काउन्सिलअन्तर्गतको नेसनल र्सर्भे अफ हेल्थ एन्ड डेभलपमेन्टले जनाएको छ । अनुसन्धानकर्ताहरूले सन् १९४६ मा जन्मिएका ५,३६२ जना र १९५८ मा जन्मिएका २०,००० मानिसमाथि शोध गरेका थिए भने जसले जे भने पनि एकपटक मोटोपनको सिकार भएपछि कुनै हालतमा शारीरिक स्वरूपलाई पुरानो अवस्थामा फर्काउन नसकिने दाबी उनीहरूले गरेका छन् ।
नि:सन्तान आमालाई चाहेजस्तो सन्तान
आमा बन्ने चाहना भएर पनि शारीरिक कारणले असमर्थ महिलाका लागि आफूले चाहेअनुरूपको स्वभावयुक्त सन्तान जन्माइदिने व्यवस्था बेलायतको लन्डनस्थित शुक्राणु बैंकले गरिदिएको छ । बच्चा चाहने महिलाले आफ्नो बच्चाको बाबु आफैंले छानेर रि्व्य दान लिनसक्ने व्यवस्था सो शुक्राणु बैंकले हालै गरेको हो । उक्त बैंकले हालसम्म रि्व्य दान गर्ने पुरुषहरूको कुनै विवरण नराख्ने गरेकोमा अब त्यस्ता रि्व्यदाताहरूको व्यक्तिगत विशेषता, रूप, रङ्ग, रुचि र उसको फेसनको प्रवृत्तिसमेत रेकर्ड उपलब्ध गराउनेछ । आफूलाई कस्तो स्वभावको बच्चाको चाहना छ- रि्व्यदाताको सोही विवरणका आधारमा आमा बन्न चाहने महिलाले रि्व्य छनोट गर्न सक्नेछिन् ता कि ऊ जस्तै स्वभाव या विशेषतायुक्त सन्तान हासिल हुन सकोस् ।
परिवारको इज्जत जोगाउन ६ छोरीको हत्या
परिवारको इज्जत जोगाउने बहानामा पाकिस्तानमा एक व्यक्तिले आफ्ना ६ वटी छोरीको एकसाथ हत्या गरेका छन् । घटना दुई साताअघि इस्लामावादमा घटेको हो । आरिफ मुवसिर नामक व्यक्तिलाई उसको भाइले पोल लाइदियो कि तिम्रा छोरी समिना र राजिया छिमेकका केटाहरूसँग हिमचिम बढाइरहेका छन् । यति के सुनेका थिए आरिफ रिसले आगो भए । परिवारको इज्जत जोगाउने हो भने छोरीको हत्या गर्नुबाहेक अरू उपाय नरहेको ठहर उनको अनियन्त्रित दिमागले गर्न पुथ्यो । आफ्ना ६ वटै छोरीलाई कोठामा जम्मा गरेर उनले उक्त आरोपबारे सोधे, तर कसैले पनि त्यो स्वीकार गरेनन् । आरोपित आठदेखि १६ वर्षसम्मका ती किशोरीको एकमुखले आरोपको खण्डन गरेपछि आफ्नी पत्नी र घरका अन्य सदस्यसमेतलाई भेला गरेर आरिफले तत्काल ६ वटै छोरीलाई ठाउँको ठाउँ गोलीले भुटे । अहिले प्रहरी हिरासतमा रहेका आरिफलाई आफ्नो कर्मप्रति अझै कुनै पश्चात्ताप छैन, उल्टै उनी भन्छन्, ‘ती दुई दिदी भ्रष्ट थिए र तिनका चार बहिनीचाहिँ भ्रष्टहरूको मतियार ! मैले जे गरेँ गर्नैपर्ने काम गरेँ ।’
प्रतिक्रिया