विश्वकप क्रिकेट प्रतियोगिताको १२औँ संस्करण इंग्ल्यान्डमा आरम्भ भएको छ । विश्वकपको क्रिकेटको पहिलो खेल आज आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ । दक्षिण अफ्रिकाले टस जित्दै पहिले फिल्डिङ रोजेको छ भने इंग्ल्यान्डलाई ब्याटिङको लागि निम्तो दिएको छ ।
यो खेलमा इंग्ल्यान्डको तर्फबाट इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो (विकेटकीपर), जोस बटलर, टोम कुरेन, लियाम डान्सन, लियाम प्लन्केट, आदिल राशिद, जो रूट, जेसन राय, बेन स्टोक्स, जेम्स विन्स, क्रिस वोक्स, मार्क वुड खेलिरहेका छन् ।
त्यस्तै, दक्षिण अफ्रीकाको टीममा फाफ डु प्लेसिस (कप्तान), डेविड मिलर, एडिन मार्कराम, हाशिम अमला, रासी वैन डेर डुसैन, क्विंटन डि काक (विकेटकीपर), कैगिसो रबाडा, लुंगी एनगिडी, इमरान ताहिर, डेल स्टेन, तबरेज शम्सी, जेपी डुमिनी, एडिल फेहुलक्वायो, ड्वयान प्रीटोरियस, क्रिस मोरिस रहेका छन् ।
यी दुवै टीमले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् ।
प्रतिक्रिया