दक्षिणी सुडानको सीमा क्षेत्रमा जातीय समूहबीच भएका भिडन्तमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचनामन्त्री मिचेल मयौतलाई उद्धत गर्दै सिन्ह्वाले जनाएअनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक-फरक स्थानका युवा हुन् ।
यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरू १८ जना घाइते भएका थिए ।
मङ्गलबार भएको झडपका क्रममा अरू झण्डै तीन हजार जना लुटिएको उल्लेख गर्दै प्रवक्ता मयौतले मङ्गलबार बिहान शुरु भएको झडप राति अबेरसम्म चलेको बताए ।
दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन् । उनीहरूको भिडन्तका क्रममा सयौँ मारिएका छन् भने त्योभन्दा धेरै घाइते भएका छन् । त्यसैगरी अरू धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन् ।
प्रतिक्रिया