राष्ट्रिय तेक्वान्दो संघको साधारणसभाले शिव कोइराला (ज्वाला)लाई निरन्तरता दिँदै अध्यक्षमा चयन गरेको छ । जेठ १९ गते आइतबार सानो भ¥याङमा सम्पन्न साधारणसभाले पूर्वअध्यक्ष ज्वालालाई पुनः अध्यक्षमा सर्वसम्मतिवाट निर्वाचित गरेको हो । उक्त साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले गरेका थिए ।
साधारणसभाले शिव कोइराला ज्वालाको अध्यक्षतामा १७ सदस्य केन्द्रीय कार्यसमितिको सर्वसम्मतिबाट चयन गरेको छ । उक्त केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा एकनाथ थापा र उपाध्यक्षमा जनकप्रसाद बर्तौला चयन भएका छन् । त्यस्तै महासचिवमा राजकुमार कार्की, सचिवद्वयमा राकेश राई, शनिस लागेजु र कोषाध्यक्षमा पदम रानाले जिम्मेवारी पाएका छन् ।
त्यस्तै केन्द्रीय कमिटीको सदस्यमा प्रेम भुजेल, विकास श्रेष्ठ, मनोजकुमार सिंह, धिरेन्द्र कठायत, द्वारिका रेग्मी, गौतममान महर्जन, मोहम्मद सागिर शेख, बुद्धिबहादुर थापा मगर, सुनिल मैनाली र राजेश लामा रहेका छन् ।
साधारणसभामा मेचीदेखि महाकालीसम्मका ४९ जिल्लाका दुई, दुई प्रतिनिधि, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरी कुल १५३ प्रतिनिधिको सहभागिता रहेको थियो ।
अध्यक्षमा सर्वसम्मतिबाट पुनः चयन भएपछि खुशी व्यक्त गर्दै ज्वालाले सम्पूर्ण प्रतिनितिप्रति धन्यवाद प्रकट गरेका थिए । त्यस्तै आफुले पाएको जिम्मेवारीलाई सकुशल निभाउने भन्दै तेक्वान्दाको विकास र विस्तारमा कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै, उक्त साधारणको उद्घाटन गर्दै सदस्यसचिव विष्टले तेक्वान्दो संघको विवाद चाँडै समाधान गरेर एउटै तेक्वान्दो संघ बनाउने बताए ।
प्रतिक्रिया