टस हारेर पहिलो व्याटिङ निम्तो पाएको एसियाली राष्ट्र पाकिस्तानले विश्वकप क्रिकेटको १२औँ संस्करणमा सर्वाधिक ३ सय ४८ रन बनाएपछि आयोजक राष्ट्र तथा यो विश्वकपको प्रमुख दाबेदार इंग्ल्याण्डले पराजयको मुख देख्नुपरेको छ ।
पाकिस्तानले पहिलो व्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३ सय ४८ रन बनाएको थियो । पाकिस्तानको विशाल योगफलमा कप्तान सरफाज अहमद, मोहम्मद हफिज र बाबर अजामले अर्धशतक बनाएका थिए । ३ सन ४९ रनको विजय लक्ष्य पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३३ रनमा समेटिएपछि पाकिस्तान १४ रनले विजय बनेको हो ।
टेन्टब्रिज क्रिकेट मैदानमा आयोजित यो खेलमा इंग्ल्यान्डका कप्तान जोय रुट र वोस बटलरले सतकीय पारी खेले पनि आफ्नो टीमलाई जिताउन सकेनन् । यसभन्दा अघिको पहिलो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिका पराजित गरेको थियो भने पाकिस्तान वेष्टइन्डिजसँग पराजित भएको थियो ।
प्रतिक्रिया