इराकमा बम आक्रमणमा पाँचको मृत्यु

इराकमा बम आक्रमणमा पाँचको मृत्यु


इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी संघीय प्रहरीको मृत्यु भएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आईएस) आतंककारी समूहले राखेको बम विस्फोटमा परी पाँचजना संघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ । इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आईएस आतंककारी समूहलाई देशभरि नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकीय रूपमा नै सुधार आएको बताइन्छ ।

यद्यपि ग्रामीण इलाकामा अझै पनि आईएस आतंककारीहरूले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।