बुटवलमा गणेशमानको सालिक अनावरण

बुटवलमा गणेशमानको सालिक अनावरण


नेपाली काङ्ग्रेसका नेता स्व. गणेशमान सिंहको आइतबार बुटवलमा सालिक अनावरण गरिएको छ । नेपाली काङग्रेस नगर समिति बुटवलको परिसरमा निर्माण भएको शालिकको उनका सुपुत्र तथा नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले अनावरण गरेका हुन् ।

सालिक अनावरण कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले लोकतान्त्रिक संविधानलाई संस्थागत गर्न नसकेको आरोप लगाउँदै सुशासनमा सरकार असफल भएको दाबी गरे । कार्यक्रममा काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायतले बोल्दै काङ्ग्रेसभित्रको कमजोरीको समीक्षा गर्नुपर्ने बताए ।