नेपाल–चीन उद्योग वाणिज्य संघको नेतृत्वमा त्रिभुवनधर

नेपाल–चीन उद्योग वाणिज्य संघको नेतृत्वमा त्रिभुवनधर


नेपाल–चीन उद्योग वाणिज्य संघको काठमाडौंमा सम्पन्न २०औँ वार्षिक साधारणसभाबाट त्रिभुवनधर तुलाधर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघका पदाधिकारीहरूमा राजुबाबु श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, राष्ट्रभुषण चाकुबाजी उपाध्यक्ष, विवेक पौडेल महासचिव र कोषाध्यक्षमा जगतबहादुर श्रेष्ठ चयन भएका छन् ।

नेपाल र चीनबीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवद्र्धनका लागि सन् १९९९मा नेपाल चीन उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष त्रिभुवनधर तुलाधरले सबै साथीहरूको सहकार्य तथा राय सुझावबाट संघका गतिविधिहरू प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

चीनका विभिन्न संघ–संगठनहरूसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, व्यापार मेलाहरूमा सहभागिता आदि कार्य गरी दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए । साथै उनले सम्पूर्ण कार्य समिति सदस्यहरुको राय सुझाव लिई संघको भावी योजना तयार गरी अघि बढ्नुका साथै यसका लागि सहकार्य तथा सहयोगका लागि आग्रह गरे ।

नवगठित कार्यसमिति सदस्यमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्रलाल प्रधान, हुवाङ एर टोङ, लिमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रविन श्रेष्ठ, राजेन्द्र मान शेरचन, विक्रम पाँडे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमित कुमार अग्रवाल तथा ज्ञानेन्द्ररत्न तुलाधर निर्वाचित भएका छन् ।