मंगलबार नेप्सेमा ११ अंकको वृद्धि

मंगलबार नेप्सेमा ११ अंकको वृद्धि


लगातार ओरालो लाग्दै आएको सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कुल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता सेयर रु. ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोबार भयो । स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर ओरालो लागेको छ भने नौ उपसमूहको सेयर भने वृद्धि भएको छ । व्यापार २.६२, उत्पादन २.६४ र अन्य उपसमूह ०.८३ बिन्दुले घटेको छ । त्यस्तै बैंकिङ ११.४२, होटेल १४.४, विकास बैंक ८.९३, जलविद्युत ६.६८, वित्त ०.५९, निर्जीवन बिमा १०७.३३, लघुवित्त १३.४४, जीवन बिमा ८७.२२ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ ।

स्टकका अनुसार मंगलबार कारोबारका आधारमा मेघा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. चार करोड ९५ लाख ५० हजार ४९, प्रभु बैंक रु. दुई करोड ५४ लाख ३२ हजार २३६, स्ट्यान्डर्ड चार्टर्ड बैंक रु. दुई करोड ४८ लाख दुई हजार ३४३, नेपाल बैंक रु. दुई करोड ४५ लाख ५६ हजार ९२८, सेञ्चुरी बैंक रु. एक करोड ९२ लाख ९८ हजार ७३१ र एनआईसी एसिया बैंक रु. एक करोड ४३ लाख २७ हजार ६८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ९.४९, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ७.०१, सेञ्चुरी बैंक ६.०२, कुमारी बैंक ५.२४ र ङादी पावरका सेयरधनीले ५.१७ प्रतिशतले कमाए । युनियन हाइड्रोपावर ५.८८, सिभिल लघुवित्त वित्तीय संस्था ५.३९, मल्टिपर्पोज फाइनान्स कम्पनी ३.२२, महिला सहयात्रा माइक्रोफाइनान्स ३.१४ र अरुण भ्याली हाइड्रोपावर कम्पनीका सेयरधनीले २.७५ प्रतिशतले गुमाए ।