मदन-जीवराज स्मृति दिवस मनाइँदै

मदन-जीवराज स्मृति दिवस मनाइँदै


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवस आज (३ जेठ) मनाइँदैछ । एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गरी दिवंगत नेताद्वयको स्मृति दिवस मनाउँदैछन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो । जननेता भण्डारीद्वारा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।