सिभिल बैंक मर्जरमा जान तयार : अध्यक्ष तामाङ

सिभिल बैंक मर्जरमा जान तयार : अध्यक्ष तामाङ


सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले आफ्नो बैंक मर्जरका लागि तयार भएको बताएका छन् । अर्को बैंक गाभेर ठूलो बन्नेभन्दा पनि अर्को बैंकसँगै मर्जरमा जान चाहेको उनको संकेत थियो ।

‘हामी आफूभन्दा सवल र राम्रो बैंकसँग कुराकानी गरिरहेका छौं । मर्जरका लागि ८÷१० वटा बैंकसँग कुराकानी भएको छ ।’ तामाङ भन्छन्, ‘सिभिलमा अर बैंक ल्याएर मर्ज गर्ने इच्छा छैन् । हामी मर्जरमा जान तयार छौं ।’

आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले बैंकले पाएको आइएसओ ९००१ः२०१५ को सर्टिफिकेट बुझ्दै उनले यसले पनि बैंकको ‘नेगोसिएसन पावर’ बढाउने बताए । समृद्धिको लागि सिभिल बैंक भन्ने नारा लिएको उक्त बैंकले ‘आईएसओ प्राप्त गरेको उनको तर्क थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आइएसओ प्राप्त गरेपछि आगामी दिनमा ग्राहककै चाहना अनुरुप आधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत सेवा दिने बताए ।