–छविलाल बगाले
२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपालले तेस्रो पटक भ्रमण बर्षको आयोजना गरेको छ । तर नेपालसँग विद्यमान पर्यटन पूर्वाधारले लक्ष्य प्राप्तिमा शंक उब्जिएको छ । पर्यटनकर्मी पनि पूर्वाधार विनाको भ्रमण बर्ष खल्लो हुने तर्क गर्छन् ।
सन् २०१८ मा १२ लाख पर्यटक भित्र्याएको नेपालले सन् २०२० मा २० लाख पु¥याउने महत्वकांक्षी लक्ष्य राखेको छ । तर सरकारी लक्ष्यलाई भेट्टाउन पूर्वाधार क्षेत्र बाधक देखिन्छ । भ्रमण बर्ष आउन ५ महिना मात्रै बाँकी रहँदा अन्तराष्ट्रिय एयरपोर्ट, पूरातात्विक सम्पदा, पदमार्गको स्तरोन्नती लगायत क्षेत्रको पूर्वाधार निर्माण भने कछुवा गतिमा छ । सरकारले पर्यटन क्षेत्रबाट आर्थिक बर्ष २०७५÷७६ मा ७० अर्ब कमाएको छ ।
बाधक बनेका पूर्बाधार क्षेत्र
–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती
–गौतमबृद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण
–भूकम्पबाट क्षतिग्रस्त पूरातात्विक तथा अन्य सम्पदा क्षेत्रको पूननिर्माण
–अन्नपूर्ण, लाङटाङ, मनास्लु्लगायत पदमार्ग क्षेत्रको स्तरोन्नती
–अन्तराष्ट्रिय उडानमा नेपालको कमजोर स्थान
–विदेशी पर्यटकको लागि सुविधासम्पन्न होटल
आफूसँग कमजोर पूर्वाधार र स्रोत साधन भएपनि नेपाल सरकारले २०२० लाई भ्रमण बर्ष मनाएरै छाड्ने लक्ष्य लिएको छ । तर सफल पर्यटन व्यवसायीका रुपमा दर्ज भएका आङछिरिङ शेर्पा भने हतारोमा मिति तय भएकोले लक्ष्य पूरा नहुने हो की भन्ने गुनासो गर्छन् । ‘हामीसँग एउटा मात्रै अनतराष्ट्रिय विमानस्थल र २ वटा मात्रै वाइड बडी विमान छ ।’ उनले भने, ‘कमजोर पूर्वाधारका बीच पनि कसरी भ्रमण बर्षको आयोजना गरिएको छ ।’
हरेक बर्ष नेपालमा पर्यटक आगमन बढ्दो छ । तर पूर्वाधार अभावका कारण पर्यटकहरु आफ्नो बसाई छोट्याएर स्वदेश फर्कने गर्दछन् । उनिहरुको बसाई लब्याउन सरकार र निजी क्षेत्र दुवै चुकेका छन् । भ्रमण बर्ष नजिकिँदै गर्दा सरकार साना पूर्वाधारका कार्यक्रम लिएर पर्यटकिय क्षेत्रमा पुगेको छ ।
सरकारले पूर्वाधार निर्माणलाई बेवास्ता गरी सेवाको गुणस्तर अभिवृद्धिसँगै विदेशी लगानीलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि सारेको नेपाल भ्रमण वर्ष–२०२० का संयोजक सुरज बैद्यको भनाई छ । उनले कमजोर पूर्वाधारकै कारण पर्यटन व्यवसायीले २० वर्ष अघिको मूल्यभन्दा कममा सेवा दिनुपरेको गुनासो संयोजक बैद्यको छ । ‘हामी नेपालको पर्यटनको पूरानो शैलीलाई बदल्न चहान्छौं ।’ उनले भने भ्रमण बर्ष सफल पार्न सरकार र नीजि क्षेत्रको उत्तिकै भूमिका छ ।’
सरकारले यसअघि सन् १९९८ र सन् २०११ मा पनि भ्रमण वर्ष मनाइसकेको छ । दुईपटक भमण बर्ष मनाइसकेको नेपालले त्यसबाट पाठ नसिकेको तर्क विज्ञको छ ।
प्रतिक्रिया