सात दिनभित्रै १५ लाखसम्मको कृषि कर्जा पाइने

सात दिनभित्रै १५ लाखसम्मको कृषि कर्जा पाइने


बुधबार सार्वजनिक मौद्रिक नीतिले किसानलाई समेत समेटेको छ । कृषि व्यवसाय गर्ने किसानलाई १५ लाख रुपैयाँसम्मको कृषि व्यवसाय कर्जा उपलब्ध उपलब्ध गराउने भएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै १५ लाख रुपैयाँसम्मको कृषि व्यवसाय कर्जा सात दिनभित्र दिनुपर्ने व्यवस्था गरेको छ । यस्तो कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतमात्र थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

तर, किसानलाई यस्तो प्रकारका कर्जा दिँदा बैंकले कुनै पनि प्रकारको सेवा शुल्क लिन पाइने छैन् । यस्तै, किसानले आफुले लिएको कर्जा समय अगावै भुक्तानी गरेमा पनि अग्रिम भुक्तानी शुल्क लिन नपाउने व्यवस्था मौद्रिक नीतिमा छ ।

राष्ट्र बैंकका अनुसार सबै शाखाले कृषि व्यवसाय कर्जाका लागि निवेदन परेको मितिले सात दिनभित्र कर्जा उपलब्ध गरासक्नुपर्ने छ । तर, कर्जा दिन नसक्ने भएमा कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्ने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।

अहिले देशभर बैंक तथा वित्तीय संस्थाका ८ हजारपाँच सय ६४ शाखा कार्यालय स्थापना भइसकेका छन्। त्यस्तै ७५६ स्थानीय तह मध्ये ७३२ स्थानीय तहमा बैंकको पहुँच पुगिसकेको छ।