प्रभासको फिल्मले प्रदर्शनअघि नै उठायो लगानी

प्रभासको फिल्मले प्रदर्शनअघि नै उठायो लगानी


साउथका सुपरस्टार प्रभासको बहुचर्चित फिल्म ‘साहो’ भदौ १३ गते शुक्रबार प्रदर्शन हुँदैछ । ‘साहो’ले प्रदर्शनअघि नै अहिले थुप्रै रेकर्ड तोडेको छ भने ३ सय ५० करोडको लागतमा बनेको यो फिल्म देश–विदेशमा गरेर १० हजार स्क्रीनमा एकसाथ प्रदर्शन हुँदैछ । हजारौँ स्क्रीनमा प्रदर्शन हुने भएपछि ‘साहो’ले सुपरस्टार रजनीकान्तको २.० र बाहुबलीको रेकर्ड समेत तोड्ने भएको छ ।

‘साहो’ले पहिलो दिनमा भारतमा मात्रै ७५ करोड कमाउने अनुमान गरिएको छ । साहोले प्रदर्शन हुनुअघि नै आफ्नो लगानी उठाइसकेको छ । अहिलेसम्म विभिन्न स्रोतबाट ३ सय ३३ करोड कमाएको बुझिएको छ ।

अमेजानले साहोको राईट ४० करोडमा खरिद गरेको छ भने स्क्रीन प्रिन्ट तेगलु मलयालम, तमिलले सेटेलाइट राइट ७० करोड र हिन्दी राइट पनि ७० करोडमा बिक्री भएको छ ।

‘साहो’ चार भाषामा प्रदर्शन हुँदैछ । यसमा हिन्दी, तमिल, मलयालम र तेगलु रहेका छन् । साहोमा प्रभासले हिन्दी डाइलग आफैले बोलेका छन् । फिल्ममा प्रभाससँगै श्रद्धा कपुरको पनि अभिनय रहेको छ ।