प्रशिक्षक शर्मा जीकेएमएएफको सद्भावना दूत

प्रशिक्षक शर्मा जीकेएमएएफको सद्भावना दूत


तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जीकेएमएएफ)को सद्भावना दूत नियुक्त भएका छन् ।

नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दूत नियुक्त गरेको शर्माले जानकारी दिए ।

फेडेरेसनले अक्टोबरमा अमेरिकाको न्यु जर्सीमा आयोजना हुने हल अफ फेम अवार्ड कार्यक्रमका लागि उनलाई सद्भावना दूत नियुक्त गरेको हो । हल अफ फेम अवार्ड कार्यक्रम अक्टोबर २५ देखि २७ सम्म आयोजना हुनेछ ।

यसैगरी उनी एक्स्ट्रा अर्डिनरी मास्टर इन्स्ट्रक्टर अवार्डका लागि समेत मनोनित भएका छन् । उनी यसअघि जर्मनीमा ‘मास्टर अफ द इयर’ अवार्डबाट सम्मानित भएका थिए । ब्ल्याक बेल्ट पाँचौं डान शर्मा अन्तराष्ट्रिय ‘ए क्लास’ रेफ्रि पनि भएको शर्माले जानकारी गराएका छन् ।