✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ १३ गते तद्अनुसार सन् २०२६ जुन २७ तारिख शनिबार शुद्ध ज्येष्ठ शुक्ल पक्षको त्रयोदशी तिथि अनुराधा नक्षत्र साध्य योग कौलव करण आनन्दादिमा अमृत योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ । शनि प्रदोष व्रत ।
आजको राशिफल
मेष – दिन खासै उत्साहवद्र्धक नरहने देखिन्छ । वर्तमान समस्या तत्काल समाधान नहुन सक्छ, खर्चको पनि योग छ । भौतिक साधनको क्षति हुने योग छ, सावधानी अपनाउनु उचित होला । स्वास्थ्यगत समस्याले पनि सताउनुका साथै मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । दौडधुप बढ्नेछ तर परिणाम खासै मिल्नेछैन । संयमताका साथ नियमित कर्म निर्वाह गर्नु हितकर होला ।
वृष – नियमित कर्ममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । सेयरबजारका काममा पनि सफलता मिल्ने योग छ । ऋण, रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आफन्तसुख बढ्ने एवम् बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । यात्रापरक काम बन्नेछ ।
मिथुन – आजको दिन मनोरञ्जनका साथ बित्ने देखिन्छ । पारिवारिक आवश्यकता पूर्ति हुनेछ भने घरपरिवारभित्र राम्रो सम्बन्ध बन्नेछ । सोचेको काम बन्नाले मन हर्षित रहला । मान्यजनको आगमन हुन सक्छ, जसले खुशी दिलाउनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।
कर्कट – मिश्रित फलदायी समय छ । श्रमको उचित मूल्यांकन हुनेछ, तर काममा ढिलाइ भइ सोचेअनुसारको परिणाम प्राप्त नहुन सक्छ । नोकरीमा झमेलाको सामना गनुपर्ने देखिन्छ । ब्यापार–व्यवसायमा भने लाभकै योग छ । ब्यस्तता बढेपनि कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण वृद्धि होला ।
सिंह – सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने समय छ । आजको दिन स्वास्थ्य पनि केही कमजोर रहला । खानपानमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । नसोचेको ठाउँमा धन खर्च हुनसक्ने योग रहेकोले सतर्कता अपनाउनु हितकर हुनेछ । भौतिक साधनको क्षति हुने सम्भावना छ । साहसिक कार्य एवम् रसरागमा आकर्षण बढ्नेछ ।
कन्या – फुर्सदको अनुभूति भइ पारिवारिक सुख–समृद्धि बढ्ने समय छ । नोकरी एवम् सामाजिक कार्यबाट सुखद परिणाम प्राप्त होला । आम्दानीको स्रोत बढ्नेछ । खासगरी बाहन, चौपायासम्बन्धी कामबाट फाइदा हुने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । यात्रामा साथीभाइको साथ–सहयोग रहनेछ । पराक्रम बढ्नाले समस्याको समाधान मिल्नेछ ।
तुला – आजको दिन केही चुनौतीयुक्त रहला । नियमित कार्यमा जाँगर नलाग्ने र खर्चको मात्रा पनि बढ्ने देखिन्छ । कसैसँग मनमुटाव हुनसक्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले वादविवादमा पर्नबाट सकभर जोगिने प्रयत्न गर्नु हितकर हुनेछ । अनायसै रुपैयाँपैसाको क्षति हुने समय छ, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद मनमा प्रेमभाव जागृत होला । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।
वृश्चिक – विशेष कार्यमा सहयोगी एवम् साथीभाइहरुले राम्रो साथ दिनेछन् । पितृधनको उपयोगबाट विशेष फाइदा मिल्ने समय छ । अधुरा काम सम्पन्न हुनेछन् भने पढाइलेखाइमा मन जानेछ । कृषिकर्मबाट पनि राम्रो लाभ लिन सकिनेछ । नयाँ जिम्मेवारी प्राप्त हुने योग छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । खर्च केही बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।
धनु – नसोचेको ठाउँबाट धनलाभ हुने समय छ । लामो समयदेखि रोकिएको काम बन्नुेछन् भने आम्दानीमा कमी हुने छैन । आयआर्जन सन्तोषजनक रहेपनि आजको दिन पारिवारिक समस्या केही बढ्ने देखिन्छ । तथापि, रुचिका विषयमा लगानी बढाउन सकिनेछ । नियमित कार्य सामान्य रहला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख मिल्नेछ ।
मकर – सानो प्रयासले रोकिएको काम बन्ने समय छ । ब्यापार ब्यवसायबाट राम्रै फाइदा हुने देखिन्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने योग छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । मित्रहरूसँग भेटघाट र रमाइला क्षणहरू ब्यतीत हुने योग छ । समग्रमा आजको दिन सुखदानुभूतिका साथ बित्ने देखिन्छ ।
कुम्भ – रोकिएका कामहरू बन्ने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । सोचेभन्दा बढी नै लाभ हुने देखिन्छ । प्रशंसा गर्नेहरु बढ्नेछन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । कर्मबल बढ्नाले आय वृद्धि एवम् उन्नति–पदोन्नति हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।
मीन – दिन सामान्य रहेपनि टाढिएका मित्र एवम् आफन्तको यादले पिरोल्नेछ । चिताएको काममा सफलता नमिल्न सक्छ । साथीसंगीहरु रुष्ट रहने योग भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । खर्च र जोखिम बढ्नेछ । आफन्तजनको साथ–सहयोगले शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ ।
प्रतिक्रिया