अन्तरकलेज बास्केटबमा न्यू समिटलाई दोहोरो सफलता

अन्तरकलेज बास्केटबमा न्यू समिटलाई दोहोरो सफलता


आयोजक न्यू समिट कलेजले त्रिविवि बिएससी सिएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगितामा दोहोरो सफलता पाएको छ । भदौ १५ गते आइतबार भएको पुरुषतर्फको खेलमा न्युसमिट कलेजले बनहार्ट कलेजलाई ४४–४० को स्कोरमा पराजित गऱ्यो । उक्त खेलमा सुसान्त धिमिरे र समिर तामाङले समान १४ स्कोर गरे ।

महिलातर्फ न्यू समिटले सगरमाथालाई १४–८ ले हरायो । विजेताकी सरिश्ता घिमिरेले ८ स्कोर गरिन् । पुरुषतर्फनै टेक्सस र सगरमाथा कलेजले पनि सफलता हात पारेका छन् । टेक्ससले हिमालयनलाई ४९–३४ तथा सगरमाथाले निष्टलाई १९–१८ को स्कोरमा हराए । टेक्ससका लागि वैभब बस्नेतले १२ स्कोर गर्दा सगरमाथाका अर्जुन महर्जनले ८ स्कोरको योगदान दिएका थिए ।

न्यू समिट कलेजको आयोजनामा संचालन भएको प्रतियोगितामा पहिलो पटक समावेश गरेको महिलातर्फको खेलमा एशियन कलेजले हिमालयनलाई १८–१२ को स्कोरमा स्तब्ध बनायो । एशियनको जितमा सुमिना खड्काले सर्वाधिक ८ स्कोर गरिन् ।

प्रदेश ३ का सभासद गणेश दुलालले उद्घाटन गरेको प्रतियोगिता भाद्र २१ सम्म संचालन हुने छ । उद्घाटनका अवसरमा आयोजक कलेज प्रमुख डा.शिवदत्त ज्ञावली, निर्देशक चोकराज दवाडीलगायतको उपस्थिति रहेको थियो । पुरुषतर्फ १० टिमबीच लिगकम नकाउट तथा महिलातर्फ ४ टिमबीच राउण्ड रविनका आधारमा खेल संचालन हुने छ ।