साग प्रशिक्षणका लागि सहारा एकेडेमी उपयुक्त : सदस्यसचिव सिलवाल

साग प्रशिक्षणका लागि सहारा एकेडेमी उपयुक्त : सदस्यसचिव सिलवाल


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले १३औं सागको प्रशिक्षणका लागि सहारा एकेडेमी उपयुक्त रहेको धारणा ब्यक्त गरेका छन् । सिलवालले दोबिल्लास्थित सहारा एकेडेमीकोे भ्रमण पछि सहारा एकेडेमीको खेल मैदान १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रशिक्षणका लागि उपयूक्त भएको बताएका हुन् ।

सिलवालले सहारा एकेडेमी निकै रमणीय र फराकिलो क्षेत्रमा भएकोले पोखरामा हुने साग महिला फुटबल प्रशिक्षणको लागि उपयुक्त स्थल हुन सक्ने धारणा राखे । सिलवालले ‘सहारा एकेडेमीको बारेमा सुन्दै आएको थिए आज एकेडेमी हेर्ने मेरो इच्छा पुरा भएको छ, । ‘यो निकै व्यबस्थित रहेछ, खेल मैदान पनि उपयुक्त छ, जग्गाको अभाव भएको अवस्थामा २६ रोपनी क्षेत्रफल रहेको एकेडेमी आफैमा निकै राम्रो र ब्यवस्थित छ’– सिलवालले भने ।

सहारा क्लबको प्रयासलाई सफल पार्न सवैमा आग्रह गर्दै सिलवालले परिषद्ले आफ्नो क्षेत्रबाट एकेडेमीका लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेकोे बताए । निरक्षणका क्रममा सिलवाल, सदस्य राजेशकुमार गुुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा यूके महासचिव धनु थकाली, सहारा यूकेका सल्लाकार महेश गुरुङ, मुच्छेत्र गुरुङ लगायतलाई एकेडेमीले स्वागत गरेका थिए । सो अवसरमा क्लबका अध्यक्ष केशब बहादुर थापाले क्लवको गतिविधिको बारेमा जानकारी गराएका थिए ।

क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ दोविल्लामा हाल १६ जिल्लाका २४ जना कठिन आर्थिक अवस्थाका बालकहरू रहेका छन् ।