राणालाई दक्षिण कोरियाली सरकारले सम्मान गर्ने

राणालाई दक्षिण कोरियाली सरकारले सम्मान गर्ने


नेपालमा तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण योगदान पुऱ्याएवापत नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणालाई दक्षिण कोरियाली सरकारले सम्मान गर्ने भएको छ ।

कोरियाली सरकारले प्रत्येक वर्ष सेप्टेम्बर ४ को दिनलाई तेक्वान्दो दिवसको रुपमा मनाउने गर्दछ । उक्त अवसरमा संसारभरबाट एक जनालाई तेक्वान्दो विकासमा काम गरेवापत सम्मान गर्ने गर्दछ । यसपटक राणालाई उक्त सम्मान प्रदान गर्ने कार्यक्रम रहेको बुझिएको छ । राणासंगै संयुक्त राज्य अमेरिकाका एक जना नागरिकलाई पनि सम्मान गरिने बताइएको छ ।

कोरियाका खेलकुद मन्त्रीद्वारा एक विशेष समारोहबीच सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।