दशरथ रंगशालाको मैदान तीन महिनामा तयार हुुने

दशरथ रंगशालाको मैदान तीन महिनामा तयार हुुने


राष्ट्रिय खेलकुद परिषद्ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्नति कार्य भदौ प्रारम्भ गरेको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सोमबार (१६ भदौ) मैदानको घाँस काटेर स्तरोन्नति कार्य प्रारम्भ गरेका हुन् ।

सो अवसरमा सदस्यसचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै तीन दिनमा घाँस काट्ने काम सक्ने र अर्को तीन दिनमा मैदानको खाल्डाखुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने जानकारी गराए । मैदानमा घाँस रोप्ने काम सम्पन्न भएपछि ४५ दिनभित्र मैदान तयार हुने उनले बताए ।

सोही अवसरमा दशरथ रंगशालाको भीआईपी प्यारापिटको निरीक्षण गर्दै सदस्य–सचिव सिलवालले तयारीका बारेमा जानकारी लिएका थिए ।