प्रधानमन्त्री ओली भेट्न गौतम आज सिंगापुर जाँदै

प्रधानमन्त्री ओली भेट्न गौतम आज सिंगापुर जाँदै


सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संगठन विभाग प्रमुख वामदेव गौतम पनि आज (बुधबार) त्यसतर्फ जाँदै छन् । गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरको विमानबाट सिंगापुर जाने बताइएको छ ।

पार्टी महासचिव विष्णु पौडेल र वामदेव गौतम दुवैजना मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न जाने सल्लाह सोमबारै भए पनि मंगलबार पौडेल मात्र सिंगापुर उडेका थिए । तर, पौडेल पुगेको भोलिपल्ट आज (बुधबार) गौतम पनि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य उपचार प्रक्रिया आज (बुधबार) सकिँदै छ । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । तर, स्वदेश फिर्तीको दुई दिनअघि प्रधानमन्त्री ओलीले नै गौतमलाई फोन गरेर सिंगापुर आउन भनेपछि उनी त्यसतर्फ प्रस्थान गर्न लागेको स्रोतको भनाए छ ।